औराहामा नगरस्तरीय तीज गायन तथा नृत्य प्रतियोगिता हुने

रञ्जन यादव
208 पाठक संख्या

जीतपुर : नारीहरुको महान पर्बको अवसरमा बाराको औराहामा नगरस्तरीय तीज गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ ।

घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा भाद्र २१ गते तीज प्रतियोगिता हुने संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले जानकारी दिईन् ।

ईच्छुक समुह वा संघ संस्थाले भाग लिन सक्ने अध्यक्ष सिम्खडाले बताईन् । प्रतियोगितामा प्रथम हुनेले रु १० हजार,द्धितीय पुरस्कार ५ हजार,तृतीय पुरस्कार ३ हजार र सानतोना पुरस्कार १५ सय रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

प्रतियोगितमा भाग लिनेहरु नेपाली पोशाकमा उपस्थित हुनुपर्ने,बाध्यवाधना र नृत्य सहभागिले स्वयम गर्नुपर्ने,समुहहरुले शब्द छनोट गर्दा सहकारी र सहकारीमा बचत र ऋणको महत्व झल्कने खालको हुनुपर्ने आयोजक संस्थाका सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् ।

प्रतियोगितामा सहभागी हुन चाहनेले भाद्र १४ गते सम्म आफनो निबेदन दर्ता गराउँन सक्ने ब्यवस्था गरिएको शर्माले बताईन ।

Leave a review