तेस्रो कलैया उपमहानगरपालिका फुटबलको उपाधी कलैयाकै कब्जा

राजेश कुशवाहा
207 पाठक संख्या

कलैया : तेस्रो कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिताको उपाधी माथि कलैया फुटबल क्लबले कब्जा जमाएको छ ।

नगर खेलकुद बिकास समितिको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर २१ भोडहामा सञ्चालित भएको फाईनल खेलमा कलैयाले अमर ज्योती युवा स्र्पाेट क्लब कलैया २ दोहरीलाई एक गोलको बिरुद्ध तीन गोलले पराजित गरेको हो ।

निर्धारित समयमा दुवै टिम बीचको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेललाई टाई बेकरमा लगिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे बापत कलैयाका गोलकिपर जयराम चौधरी बेष्ट गोलकिपर घोषित भए ।

प्रतियोगिताको बिजेता तथा उप बिजेतालाई कलैया उपमहानगरपालिकाका उप प्रमुख रौशन प्रविणले पुरस्कार प्रदान गरेकी हुन । प्रतियोजिताको बिजेता लाई नगद रु तीस हजार,शिल्ड तथा प्रमाण पत्र र उप बिजेतालाई नगद रु बीस हजार,शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको टुर्नामेन्ट सयोजक क्यामसदिन मंसुरले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds