बारा उद्योग वाणिज्य संघको अध्यक्ष,उपाध्यक्षमा पर्‍यो एकल उम्मेदवारी

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

कलैया : बारा उद्योग वाणिज्य संघको असोज पाँच गते हुन गइरहेको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष पदमा एकल उम्मेदवारी परेको छ।

उद्योग वाणिज्य संघका प्रमुख निर्वाचन अधिकृत सूर्यजितकुमार सिंहले एक सूचना जारी गर्दै दावी विरोध नभनेको भन्दै दोस्रो पटक आइतबार नामावली प्रकाशित गरेका हुन्। उनले ३९ जना उम्मेदवारको नाम सार्वजनिक गरेका हुन्।

अध्यक्ष पदमा राजकुमार साह,वाणिज्य तर्फको उपाध्यक्ष पदमा प्रदीपकुमार साह,उद्योग तर्फको उपाध्यक्षमा दिपुप्रसाद गुप्ताको एकलउम्मेदवारी परेको हो । यी तीन जनाको निर्विरोध निर्वाचन निश्चित भएको छ।

महासचिवमा रामअशिष साहकानु तथा सन्तु प्रसाद साह,कोषाध्यक्ष पदमा अजयकुमार,बृजकिशोरसाह कलवार एवम् राजेश गुप्ताको उम्मेदवारी परेको हो ।

वाणिज्य तर्फको पदमा शिवजीप्रसाद यादव,दीपलालप्रसाद साह,उद्योग तर्फको सचिवमा मन्तोषकुमार चौधरी,शिवशंकर प्रसाद साहको उम्मेदवारी परेको हो।

वाणिज्य तर्फको सदस्यमा रामजी प्रसाद साह,शशीभुषण प्रसाद केशरी,धनीलाल साह सोनार,विश्वनाथप्रसाद यादव,शशीभुषण गुप्ताको उम्मेदवारी परेको हो। यस्तै दिनेश प्रसाद,तापस सरकार,अमृतु जयसवाल,राजाप्रसाद दास,उमरावती देवी साह,वीरेन्द्र साहकानु,शोभाकुमारी सर्राफको उम्मेदवारी परेको हो ।

यस्तै सदस्य तर्फ शतिषकुमार जयसवाल,सञ्जयकुमार पटेल,दिनदयाल साह तेली,देवकुमार प्रसाद साह,बाबु योगेन्द्र कुमार,अन्जनीकुमार साह,विशालकुमार साहको उम्मेदवारी परेको हो।

उद्योग तर्फको सदस्यमा बबिताकुमारी तेली,अरुणकुमार कलवार,रामकुमारप्रसाद साह कानु,मनोजकुमार साह,महम्मद जमिरको उम्मेदवारी परेको छ ।

Leave a review

This will close in 0 seconds