सप्तरंगी साकोसद्वारा समाजसेवा पुरस्कार स्व.कृष्ण प्रसाद पौडेललाई

रञ्जन यादव
388 पाठक संख्या

सप्तरंगी (साकोस) बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं.१४ रजघट्टामा रहेको सो संस्थाको साधारण सभाको उद्घाटन नगर प्रमुख राजन पौडेलले गरेका हुन्।

संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा खुद नाफा ४० लाख ९६ हजार ४१ रुपैया नाफा आर्जन गरेको संस्थाका कोषाध्यक्ष बिदुर कुमार खड्काले जानकारी दिए ।

गत आर्थिक बर्ष भन्दा रु १ लाख ७५ हजार तीन सय २० रुपैयाँ बढीको आम्दानी रहेको हो। आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभांसतर्फ १८ प्रतिशत वितरण गर्ने निर्णय पारित भएको सप्तरंगी साकोसले जनाएको छ ।

संस्थाले कुल निक्षेप (बचत) मा ८ करोड १५ लाख ६३ हजार ३ सय २२ रुपैया सङ्कलन गरेको छ। कुल ऋण ९ करोड ४२ लाख ३७ हजार १ सय ७३ रुपैया शेयर सदस्यमा लगानी गरेको छ। यस बर्षको सप्तरंगी समाजसेवा पुरस्कार स्व.कृष्ण प्रसाद पौडेललाई प्रदान गरिएको छ ।

स्व. पौडेलको पत्नीलाई सो पुरस्कार कार्यक्रमका बिच प्रदान गरिएको थियो । संस्थाले ऋण लगानीबाट ब्याज आम्दानी १ करोड ३४ लाख ७१ ह्जार ४ सय १ रुपैया,बैँक आम्दानी ४ लाख ३७ हजार १ सय ३२ रुपैया र अन्य आम्दानीतर्फ १० लाख २६ हजार ६ सय २७ रुपैया आर्जन गरेको छ ।

संस्थाका अध्यक्ष शोभा केसीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार,दैनिक वचतकर्ता,उत्कृष्ट कारोबारकर्ता,जेष्ठ नागरिक,उत्कृष्ट वचतकर्ता, लगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा बारा जिल्ला वचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने,सिमरा महिला साकोसका अध्यक्ष मुना खरेल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव चौधरीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष विदुर खड्काले स्वागत गरे।

Leave a review