वीरगञ्ज : वीरगञ्जबाट दुई करोड भन्दा बढीको सामानहरु लोड रहेको दुईवटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ स्थित ना.५ ख १६७ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
वीरगञ्जबाट काठमाण्डौं जादै गरेको उक्त ट्रकमा बिल बिजक भन्दा बढी सामानहरु लोड रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो। ट्रकमा एक करोड ४२ लाख एक हजार सात सय ९२ रुपैयाँको हार्डवेयर लगायतका मालबस्तुहरु लोड रहेको थियो।
यसैगरी ५२ लाख २२ हजार नौ सय २४ रुपैयाँ बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पनि प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राईपोर्ट स्थित सडकखण्डबाट ना.७ ख ७४२४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त ट्रकमा लोड रहेको सामानहरु विल विजक भन्दा बढी भएको प्रहरीको भनाई छ ।आईसिपी भन्सारबाट निस्किएको ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
दुबै ट्रकलाई सामान सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

