वीरगञ्ज : वीरगञ्जमा सोमबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन्।
घण्टाघर चोकमा सो कार्यक्रम भएको हो । यसमा दुई जना महिलासहित ५७ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा अभिषेककुमार,राम आशिष् प्रसाद,मुनिलाल पण्डित,रबि कुमार तुराहा,करन साह,नरेश महतो रहेका छन ।
पशुपंक्षी औषधी बजार प्रतिनिधि संघको नवौं स्थापना दिवसको अवसरमा सँघले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्राबिधिकहरुले सहयोग गरेका थिए ।


