पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन तेस्रो दिन पनि दिइयो धर्ना

राम मण्डल
295 पाठक संख्या

वीरगञ्ज : पर्साकोे पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नति गर्न माँग गर्दै मंगलबार तेस्रो दिन पनि धर्ना दिइएको छ ।

अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माँग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले धर्ना दिइरहेको हो। दुई घण्टाको लागि अस्पताल परिसरमा धर्ना दिइएकोे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीले बताए।

आफुहरुको माँग पुरा नभएसम्म धर्ना जारी रहने उनले बताए। पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि ओषधि लगायतको ब्यवस्थाको बारेमा बिगत लामो समयदेखि माँग गर्दै आएको भएपनि कुनै सु्नुवाई भएन।

यसपछि दबाब स्वरुप अस्पताल परिसरमै धर्ना दिइएको समानीले बताए ।अस्पताल भवनको निर्माण,अस्पताललाई कर्मचारी भर्ती केन्द्र हुनबाट रोक्नको लागि धर्ना शुरु गरिएको हो। पोखरिया अस्पतालमा पर्साको ग्रामीण भेगका बिरामीहरु पुग्ने गरेका छन ।

अस्पतालमा भौतिक सँरचनासँगै चिकित्सक,औषधिको कमि लगायतका समस्याहरुका कारण बिरामीले उचित उपचार नपाउने गरेको स्थानीयहरुको गुनासो छ।

Leave a review

This will close in 0 seconds