राजनीतिक दलहरुलाई आयोगले दियो निर्देशन

साझेदारी दैनिक
538 पाठक संख्या

काठमाण्डौं : निर्वाचन आयोगको बुधबार बसेको बैठकले राजनीतिक दललाई निर्देशन दिएको छ।

निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट संवत् २०८१/०८/१६ आइतबारका स्थानीय तहको उपनिर्वाचन हुन गइरहेको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्। रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष,नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्न भनिएको छ।

यसो गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष,नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष,नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न भनिएको छ।

उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ।

Leave a review

This will close in 0 seconds