बरियारपुर : बाराको बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मपाँचवर्षीय मेलाको अवसरमा वीरगञ्ज कपडा बैंकले निशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बारा कुर्मी सेवा समितिको पण्डालमा आयोजित उक्त कार्यक्रममा चार हजार थान कपडा वितरण गरिएको छ ।
वीरगञ्ज कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार,उक्त कार्यक्रम कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष मनोज मिश्राले विशेष जानकारी दिएका थिए । यस कार्यक्रमले मेलामा सहभागी भएका विपन्न र आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग पु¥याएको कपडा बैंकले जनाएको छ ।
दाताहरू,सञ्चारकर्मी,शुभेच्छुक र पदाधिकारीहरूको सक्रियतामा कार्यक्रम सफल भएको कपडा बैंकले उल्लेख गरेको छ । गढीमाई मेलाको सामाजिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले कपडा वितरण कार्यक्रमले सबैको प्रशंसा पाएको छ ।

