वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
456 पाठक संख्या

कलैया : गरिमा विकास बैंक कलैया शाखाको आयोजनामा शुक्रबार मनोकामना कलेजका विद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –१८ मा रहेको मनकामना कलेजको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

“अनुकरण गर्नुअघि सोच्नू,बुद्धिमानीपूर्वक खर्च गर्दा उज्ज्वल भोलि ” नाराका साथ उक्त कार्यक्रम भएको हो।

सो कार्यक्रममा बैक के हो,बैकको इतिहास,बैकको प्रकार,चेकको भुक्तानी र किसिम,लोन र लोनको किसिम,खाता र खाताको किसिम,बैकको कालोसूचि,वचतले फाइदा,मोबाइल बैकिङ्ग प्रयोग तथा सुरक्षा लगायतको बारेमा जानकारी गराएको शाखा प्रमुख नन्दकिशोर यादवले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का एक सय जना विधार्थीहरुको सहभागिता रहेको कर्जा शाखाका सुरेन्द्र कुशवाहाले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds