वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

रासस
511 पाठक संख्या

वीरगञ्ज (पर्सा) : वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ ।

वीरगञ्ज महानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

“यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो । यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ ।

रात्रि बजारमा खानाका विशेष परिकार,लत्ताकपडा,कस्मेटिक,भाँडाकुडालगायत सरसामानका स्टल राखिने छन् । ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र,एनवाइइएफ,वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा रात्रि बजार सञ्चालन गरिने महानगरले जनाएको छ ।

Leave a review