कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक जना शिक्षकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई जीतपुरसिमरा उपमहानगरपालिका – २ बस्ने ६१ वर्षीय हालै सेवानिवृत्त केदारप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार शर्मालाई डुमरवाना–बडहर्वा सडकखण्डमा गुडिरहेको ट्याक्टरले ठक्कर दिएको थियो। प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाउदै गरे्का शर्मालाई सोही दिशाबाट आउँदै गरेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त ठक्करका कारण मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको अर्को ट्याक्टर प्र.०२–०३–००१ त ५६१५ मा ठोकिन पुगेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका शर्माको वीरगन्जस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

