कलैया : तराई मधेशमा मनाईने चैती छठको दोस्रो दिन ब्रतालुहरुले बुधबार सांझ खरना बिधी पुरा गर्दै छन ।
ब्रतालु महिलाहरुले नुहाई धोवाई गरी घरको पवित्र स्थानमा सांझ खिरपुरी पकाएर खिर र रोटी लगायतका प्रसाद छठी मातालाई अपर्ण गरेर खरना बिधी पुरा गरेकी हुन ।
खरनाको प्रसाद ब्रतालुहरुले छर छिमेकमा समेत बितरण गर्छन । खरना बिधी पुरा गरे पछि ब्रतालुहरुले छठ पर्व सम्पन्न नभए सम्म निराहार बसने गर्छन ।
छठको मुख्य दिन भोलि बिहीबार ब्रतालुहरुले पवित्र जलाशय,नदी,तलाउमा गएर छठी माताको भक्त आराधना गर्दै अस्ताउदो सूर्यलाई अर्घ दिने गर्छन ।
शुक्रबार सप्तमीका दिन विहान जलायशमा उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।छठपर्व पर्व गर्नाले सुख शान्ती सम्बृद्धी एव चर्मरोग निको हुने जनबिशवास रहेको छ ।
छठपर्वका लागि कलैया स्थित रामजानकी मन्दिर परिषरमा रहेको छठीघाट,बरेवाको जनहित पुस्तकालय परिषरमा रहेको छठी घाटको सरसफाई तथा सजावट गरिएको छ ।

