आदर्श कोतवाल गापाको कोरोना राहत कोषमा सहयोग

साझेदारी दैनिक
671 पाठक संख्या

रबिन्द्र प्रसाद साह /
आदर्श कोतवाल गाउँपालिका कार्यालय महेन्द्र आर्दशमाले स्थापना गरेको कोरोना भाइरस राहत कोषमा  दश हजार सहयोग रकम प्राप्त भएको छ।

उक्त गाउपालिकाको वडा नं. १ स्थित महेन्द्र आर्दशमा रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले उक्त सहयोग रकम प्रदान गरेको हो।

उक्त वित्तीय संस्था महेन्द्र आर्दश शाखाका कर्मचारीले  गाउँपालिकाकी उपाध्यक्ष पूनम देबीलाई गापाको कार्यालयमा पुगी उक्त रकमको चेक हस्तांतरण गरेका थिए।

उक्त सहयोग गरेकोमा गापा परिवारले उक्त वित्तीय संस्था परिवारलाई धन्यवाद पनि दिएको जानकारी गापाले गराएको छ।

Leave a review

This will close in 0 seconds