कलैया । बारा प्रहरीले लाखौंको माल सामान शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।
बिल विजक भन्दा बढीको ५४ लाख ३५ हजार दुई सय ७८ रुपैयाँ बराबरको विभिन्न सामान राजश्वमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी सहायक निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलिले सो सामान बरामद गरेको थियो।
बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा सो सामान बरामद भएको हो।
वीरगंजबाट रुपन्देही जाँदै गरेको ना–५ ख ६७४७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको ५४ लाख ३५ हजार २ सय ७८ रूपैया बराबरको कपडा, लङ,धागो,चप्पल लगायत अन्य खुद्रा सामानहरु नियन्त्रणमा लिएको हो।
सो सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

