कलैया : मधेश प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले साईबर सुरक्षा दुनियाको लागि अवसर र चुनौती दुबै रहेको बताएका छन्।
आम सञ्चार प्राधिकरण जनकपुरधामले नेपाल पत्रकार महासंघ बाराको समन्वयमा कोल्हवीमा मंगलबार आयोजना गरेको साईबर सुरक्षा र ए.आई सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमलाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै पूर्व मन्त्री सोनलले यस्तो बताएका हुन्।
उनले ईन्टरनेटबाट सकारात्मक कुरा ग्रहण गर्नुपर्नेमा जोड दिए। उनले प्रत्येक नागरिकसंग यस्को सरोकार रहेको समेत बताए। पत्रकारिता क्षेत्रको महत्वपूर्ण भाग साईबर सुरक्षा रहेको उनले बताए। सञ्चार क्षेत्र तेस्रो नेत्र तथा चौथो अंग रहेको उनको भनाई रहेको थियो।
पत्रकारिता क्षेत्रमा आत्म समिक्षाको आवश्यकता रहेको उनले बताए। त्रकारिता क्षेत्र तथा पत्रकारलाई अति सम्मानपूर्ण दृष्टिकोणले हेर्नुपर्ने उनले बताए। एक फरक प्रसंगमा बोल्दै सोनलले लोकतन्त्रको बिकल्प अरु कुनै बिकल्प हुन नसक्ने बताए।
देशमा बढेको बेथितिले नागरिकमा निराशा बढेको बताए। उनले संघीय लोकतान्त्रिक ब्यवस्था भित्र रहेर यस्ता बेथितीलाई समाधान गर्नुपर्नेमा जोड दिए। उनले सुशासनका लागि गरिएको लोकतान्त्रिक ब्यवस्था,मूल्य,मान्यतालाई संस्थागत गर्न समय लाग्ने समेत बताए। उनले अहिले देशमा लाजमर्दाे स्थिति रहेको बताए।
उनले संघीय लोकतान्त्रिक ब्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता,बिचारको स्वतन्त्रता रहेको समेत बताए। समाज कहिले पनि पछाडी नजाने उनको भनाई रहेको थियो। उनले भेदभाव मुक्त समाज,समतामुलक समाज निर्माण गर्नुपर्ने बताए। उनले नेपाल पत्रकार महासंघ बाराको जिर्ण भवनलाई सहयोग गर्न मधेश प्रदेशको मन्त्रालयमा पहल गर्ने बताए।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरव,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी लगायतकाले साईबर सुरक्षा पत्रकारहरुको लागि अति महत्वपूर्ण रहेको बताए।
आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन पत्रकार महासंघका सचिव पुष्प खतिवडा एवम् स्वागत प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत प्रसंगराज कर्णको रहेको थियो। उक्त कार्यक्रममा प्रकाश मैनाली र सुरेश बिडारीले प्रशिक्षण दिएका थिए।

