प्रतिबन्धित ट्रमाडोल र अनरेक्ससहित दुई भारतीय नागरिक पक्राउ

साझेदारी दैनिक
687 पाठक संख्या

कलैया : बारा प्रहरीले प्रतिबन्धित लागु औषध ट्रमाडोल तथा अनरेक्स सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

२१६० पत्ता ट्रमाडोल ७६ वटा अनरेक्स सहित दुई जना पुरूष व्यक्तिहरू सहित कार नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ पर्नेमा कार चालक देश भारत जिल्ला भैसाली ग्राम हुसेनाराके वडा नं.१२ बस्ने वर्ष २७ को धिरजकुमार सिंह रहेका छन्। सोही गाडीमा सवार देश भारत जिल्ला मोतिहारी ग्राम कटगेनवा वडा नं.२ बस्ने वर्ष १८ को चन्दनकुमार पटेल पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी बरिष्ट नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

बाराको जीतपुर सिमरा उप–महानगरापिका वडा नं.२१ अमलेखगंज स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा बीरगंजबाट हेटौडा तर्फ जादै गरेको बिआर ०१ बियु ३४८५ नम्बरको भारतीय कारलाई रोकी चेक जाँच गर्दा कार भित्र बिभिन्न ठाउँहरूमा लुकाई छिपाई लगी रहेको सोे प्रतिबन्धित लागू औषध वरामद गरिएको हो।

उक्त लागू औषध र चालक समेत २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

कारको पछाडीको सिटमुनि,दायाँ बायाँ ढोकामा फल्स बटम बनाई राखेको प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोकोलोराइड क्याप्सुल २१६० पत्ता (२१,६०० ट्याबलेट)बरामद भएको हो। कारको बायाँ साईडको अगाडिको ढोका र पछाडीको ढोकाको पल्ला भित्र राखेको अनरेक्स १०० एमएल लेखिएको ७६ बोतल बरामद भएको हो।

Leave a review

This will close in 0 seconds