छपकैयाका आलमलाई उपकारले दियो व्हिल चेयर

साझेदारी दैनिक
413 पाठक संख्या

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वार्ड न.२ छपकैया तुतबारी निवासी शेख आलमलाई व्हिल चेयर प्रदान गरिएको छ।

उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा ७२ वर्षीय आलमलाई सो चेयर प्रदान गरिएको हो। आलमलाई केही वर्ष पहिले बन्दुकको गोली लागेको थियो।

शारीरिक अवस्था कमजोर हुँदा हुदै अहिले केही वर्षदेखि पूर्ण रुपले अपाङ्ग भैसकेको अवस्था छ।

उनको दैनिक जीवन अलि सहज होस भन्ने अभिप्रायले यो व्हिलचेयर सहयोग गरेको उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगीले बताइन्।

सो व्हिल चेयरको व्यवस्थापन गरी उनको घरमै पुगि एक कार्यक्रम बीच हस्तान्तरण गरिएको हो।

उक्त अवसरमा संस्थाको सुमन बगेडिया,सामाजिक अभियन्ता प्रकाश थारू,कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतको विशेष उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds