संविधानले नै पुर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको छ –सह महामन्त्रि मंसुर

राजेश कुशवाहा
341 पाठक संख्या

कलैया : नेपाली काग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले संविधानले पुर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको बताएका छन ।

नेपाल प्रेस युनियन मधेश प्रदेशले सोमबार बाराको कलैयामा बारा उधोग बाणिज्य संघको सभाहलमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहमहामन्त्री मन्सुरले लोकतन्त्रलाई बलियो बनाउनु पर्नेमा जोड दिए । उनले सञ्चारकर्मीलाई असल बन्न आग्रह गरे ।जनताको हितमा काम गर्ने तिनै तहको सरकारको दायित्व रहेको उनको भनाई रहेको थियो ।

जनताको सरोकारका बिषयमा कलम चलाउन सञ्चारकर्मीलाई उनले सुझाव दिए । कागे्रस र एमालेको गठबन्धन लोकतन्त्रको सुदृढीकरणका लागि भएको बताए। उनले काग्रेस सरकारमा जानका लागि गठबन्धन नगरेको बताए। काग्रेस र एमालेको गठबन्धन बिशवासमा टिकेको उनको भनाई रहेको थियो ।

उक्त भेलालाई सम्बोधन गर्दे नेपाली काग्रेसका नेता शोभाकर पराजुलीले सरकारले सञ्चार जगतलाई सकुचन गराएको बताए। यस्को बिरुद्ध सबै संघ संगठन एक जुट भएर अगाडी बढनु पर्ने बताए । उनले मधेश प्रदेशको तुलनात्मक रुपमा बिकास हुनुपर्नेमा त्यसो नभएको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर प्साद यादवले पुर्वाग्रही ढंगले समाचार सम्प्रेशन नगर्न आग्रह गरे । सञ्चार जगत लोकतन्त्रको पक्षमा उभिनु पर्ने उनले बताए । भेलाबाट अगामी कार्य दिशा तय गर्नुपर्ने उनको भनाई रहेको थियो ।

उक्त भेलालाई सम्बोधन गर्दे नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले मधेशको पत्रकारिता चुनौती पुर्ण रहेको बताए । उनले युनियन भित्र रहेको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । युनियनलाई अक्षुण राख्नु पर्ने बताउदै संगठन र पत्रकारितालाई सृदुढीकरण गर्नुपर्छ उनले भने ।

उक्त भेलालाई सम्बोधन गर्दे नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्णले गलत प्रबृतीका व्यक्तहरु पत्रकारितामा प्रवेश गरेको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रेम केसीले तराई मधेशका पत्रकारलाई हेर्ने दृष्टीकोण खराब रहेको बताए । उक्त कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले मधेश प्रदेशमा पत्रकारितामा धेरै समस्या रहेको बताए । पत्रकारलाई निष्पक्ष रुपमा कलम चलाउन उनले आग्रह गरे ।

उनले सुशासन कायम गर्नका लागि मिडियाको भुमिका महत्वपुर्ण रहेको बताए। अचार सहिता पालना नगरेका कारण पत्रकारहरु समस्यामा पर्ने गरेको उनको भनाई रहेको थियो ।उनले खोज पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाव दिए । स्थानीय सरकारले स्थानीय मडियालाई संरक्षण गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष माधव धितालले पत्रकारितामा धेरै चुनौती थपिएको बताए। उनले पत्रकारितामा प्रबिधीको प्रयोग बढेको छ भने । उक्त अवसरमा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्रेस स्वतन्त्रताको बिना लोकतन्त्रको जगेर्ना हुन नस्कने बताए ।उनले सकारात्मक न्युजमा पनि ध्यान दिन सञ्चारकर्मीलाई सुझाव दिए । पत्रकारलाई समय समयमा पुर्न ताजगीको तालिम दिनुपर्ने उनको भनाई रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले राज्य र राजनितीक दल बाट पत्रकारहरु चेपुवामा परेको बताए । उनले पत्रकारितामा धेरै बिकृती बढेको बताए । बिशुद्ध रुपमा पत्रकारिता गर्ने धेरै पिडामा रहेको बताए । फोन, फेसबुक प्रबृतीका पत्रकारहरुको दबदबा बढेको छ उनले भने।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले पत्रकारहरु धेरै पिडामा रहेको बताए। उनले बाराका पत्रकारिता असुरक्षित रहेको बताए । उक्त कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठनका ईन्चार्ज बृजलाल पासवानले सरकारले मिडियालाई सकुचन गर्ने काम गरी रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेश रिजालले मधेश प्रदेशमा प्रेस युनियनलाई कमजोर बनाउने खेल भएको बताए । उक्त कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे लगायतकाले मन्तब्य व्यक्त गरेका थिए।

नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त भेलामा स्वागत नेपाल प्रेस युनियन बाराका अध्यक्ष शयामबाबु यादव एवम् सञ्चालन युनियनका मधेश प्रदेश सचिव अजय कुमार साहको रहेको थियो । उक्त भेलामा मधेश प्रदेशको बारा,पर्सा,रौतहट,सर्लाही,महोतरी, सिरहा, सप्तरी ,धनुषाका युनियनका अध्यक्ष , सचिव लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds