कलैया : सर्लाही जिल्लाको बागमतिमा रहेको मानवनिर्मित भरत तालमा डुबिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्लाको बागमती नगरपालिका वडा नम्बर १२ स्थित भरत तालमा बुधबार डुबिरहेको अवस्थामा महिलाको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहका अनुसार दिउसो केहीबेर अघि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा प्रहरीको टोली खटिएको हो ।
प्रहरीले उनको शब निकालेको छ । हालसम्म ती महिलाको पहिचान खुलेको छैन भने घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

