कटुवा पेस्तोलसहित साहेब खाँ पक्राउ

साझेदारी दैनिक
436 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.५ पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ ईनर्वा गाउँ बस्ने ४०वर्षीय साहेव खाँलाई पक्राउ गरेको लम्सालले जनाएका हुन्।

एक जना अपरिचित व्यक्तिले आफुसंग कटुवा पेस्तोल साथमा लिइ सर्व साधारण व्यक्तिहरूलाई डर त्रास देखाउँदै हिडिंरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँको मस्जिद नजिक वडा एरिया अन्तर्गत शंकास्पदरूपमा उनी हिडिरहेका थिए। वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

साहेव खाँको साथबाट कटुवा पेस्तोल फेला परेकोले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। उनीमाथि हातहतियार सम्बन्धी कसूरमा अनुसन्धानको लागि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइएको प्रहरीले जनाएको छ।

Leave a review