रौतहटमा रुबी साह हत्या प्रकरणका मूख्य आरोपीको मृत्यु

साझेदारी दैनिक
342 पाठक संख्या

कलैया । रौतहटमा २६ वर्षीया रुबी साह हत्या प्रकरणमा संलग्न मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए ।

माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक साहको शव सुटकेसभित्र फेला परेको थियो।

Leave a review

This will close in 0 seconds