माइती नेपालद्वारा वीरगन्ज नाकाबाट एक सय ६३ जनाको उद्धार

साझेदारी दैनिक
217 पाठक संख्या

वीरगन्ज : मानव बेचबिखन तथा ओसारपसारका विरुद्धमा सकृय संस्था माईती नेपालले पर्साको वीरगन्ज नाकाबाट एक सय ६३ जनाको उद्धार गरेको जनाएको छ ।

माईती नेपाल पर्साले आईतबार वीरगन्जमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर सो वारे जानकारी गराएको हो । संस्थाले एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेका एक सय ६३ जनालाई वीरगन्ज नाकाबाट उद्धार गरेको बताईएको छ ।

माइती नेपालले गत जनवरीदेखि डिसेम्बर महिनासम्म १ वर्षको अवधिमा बेचविखनको उच्च जोखिममा रहेकाहरुलाई उद्धार गरिएको बताएको छ । उद्धार गरिएकामध्ये ४० जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् । यस्तै एक सय २३ जना १९ वर्षभन्दा माथिका वयस्कहरू रहेका माईती नेपाल वीरगन्जकी संयोजक गोमा पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराईन । उनले उद्धार गरिएका मध्ये एक सय ३० जनालाई विभिन्न प्रलोभन र बहानामा भारततर्फ लैजान लागिएको अवस्थामा उद्धार गरिएको बताईन ।

संयोजक पौडेलको अनुसार भारत घुम्न जाने बहानामा १३ जना, काम गर्न जाने प्रलोभनमा ६ जना , आफन्त भेट्न जाने बहानामा ६ जना ,बिहे गरी जाने वा प्रेम सम्बन्धका कारण जान लागेका ३६ जना , उपचारका लागि जाने बहानामा ६ जनालाई उद्धार गरिएको जानकारी गराईन ।

यता उद्धार गरिएका मध्ये जातीय आधारमा हेर्दा ५४ जना जनजाति, १८ जना दलित, ३० जना अन्य जातजाति र २ जना नेवार समुदायका रहेका माईति नेपाल पर्साले छन्।

Leave a review