नियन्त्रित लागू औषध सहित सरोज दोङ्ग प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
210 पाठक संख्या

नियन्त्रित लागू औषध सहित बारा प्रहरीले निजगढ नगरपालिका वडा नं. ८ खैरघारी बस्ने अ.वर्ष २८ को सरोज दोङलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला बारा,निजगढ नगरपालिका वडा नं.८पसाहा पुल स्थित जाँच गर्ने क्रममा निम्ने साईकल गुडाई आईरहेको अवस्थामा जाँच गर्दा निजको साथबाट नियन्त्रित लागु औषध बरामद गरेको हो ।

दोङ्ग उपर लागु औषध मुद्दा दर्ता गरी  बारा जिल्ला अदालत, कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।उनको साथबाट डाईजापाम १५ पिस, फेनारगन ११ पिस,नोफिन १५ पिस,सिरिन्ज ३ पिस बरामद गरेको हो ।

Leave a review