कलैया बजारमा पौष २८ गतेदेखि अखण्ड अष्टयाम सुरु हुने

राजेश कुशवाहा
277 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका–१ स्थित कलैया बजारमा यसबर्ष अखण्ड अष्टयाम पौष २८ गतेदेखि सुरु हुने भएको छ।

कलैया हाट बजार समितिका अनुसार सोमबारदेखि प्रारम्भ हुने अष्टयाममा चौबीसै घण्टा हरिनाम संकीर्तन, भजन–कीर्तन तथा धार्मिक पाठ सञ्चालन गरिनेछ, जसले सम्पूर्ण बजार क्षेत्रलाई भक्तिमय बनाउनेछ।

पूजा सञ्चालन समितिका अध्यक्ष कैलास प्रसाद साहले हरेक वर्षझैँ यस वर्ष पनि व्यवस्थित र भव्य रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए। पौष २९ गते मंगलबार श्रद्धालुहरूका लागि प्रसाद वितरण गरिनुका साथै सोही दिन राति विशेष जागरण कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

हाट बजार समितिका अध्यक्ष आलम हुसेनले अखण्ड अष्टयामले धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव सुदृढ गर्न सहयोग पु-याउँदै आएको बताए।

धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीक मानिने यस अष्टयाम कार्यक्रममा स्थानीय बासिन्दा, व्यापारी तथा श्रद्धालुहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको समितिले जनाएको छ ।

Leave a review

This will close in 0 seconds