कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराको निर्वाचन क्षेत्र नम्बर २ मा २९ जनाले मंगलबार उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तीमध्ये १३ जनाले स्वतन्त्र मनोनयन दर्ता गराएको क्षेत्र नम्बर -२ का निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अमरदेव प्रसाद यादव ,जन अधिकार पार्टीबाट अमरेश कुमार पाण्डे,आम जनता पार्टीबाट आत्मासाह प्रसाद साह,नेपाल मजदुर किसान पार्टीबाट चन्दन कुमार यादव,राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दन कुमार सिंह,नेपाल जनता पार्टीबाट प्रदेशी साह,नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट बलबीर प्रसाद चौधरी, नेपाली काँग्रेसबाट भैयाराम प्रसाद यादव,उज्यालो नेपाल पार्टीबाट मेघराज पासवान,नेपाली कम्युनिष्ट पार्टीबाट रमेश प्रसाद यादवले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत किरण कुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार जनमत पार्टीबाट राजेश साह,मंगोल नेशनल अर्गनाइजेसनबाट राधा देवी महारा,जनता समाजवादी पार्टी नेपालबाट रामकिशोर प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबाबु प्रसाद साह तेली,प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा र जनता लोकतान्त्रिक पार्टी नेपालबाट श्यामबाबु प्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै स्वतन्त्रमा अनिता कुमारी,ईन्जाद अन्सारी,छोटेलाल साह,जालन्दर साह,जालामहम्मद अन्सारी,दिनेश प्रसाद यादव ,नगिना देवी,प्रयाग प्रसाद चौधरी,मुकेश प्रसाद कुशवाहा,मुरली मनोहर प्रसाद साह,राजवली प्रसाद,सुधिर कुमार साह र सुरेन्द्र प्रसाद यादवले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत सिंहले जानकारी दिएका छन् ।

