कलैया । बारामा लागूऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीस्थित एक घरमा छापा मारेर लागू औषध गाँजा बरामद गरेको हो।
प्रहरीले विक्रम स्याङतानको सुत्ने कोठाभित्र बोरामा लुकाइछिपाइ राखिएको करिब ४ किलो ४ सय ग्राम गाँजा बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार विक्रम स्याङतानकी श्रीमती ४८ वर्षीया मित्रा देवी स्याङतानलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकी स्याङतानमाथि बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी भट्टले जानकारी दिए ।


