पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किए

साझेदारी डेलि
68 पाठक संख्या

बारा । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। देउवा दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि थप उपचारका लागि उनी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँगै गत कात्तिक १० गते राति सिंगापुर गएका थिए।

सिंगापुरमा लामो समय उपचार गराएपछि काठमाडौं फर्किएका देउवालाई स्वागत गर्न विमानस्थलमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

देउवा स्वदेश फर्किएसँगै उनको स्वास्थ्य अवस्था, राजनीतिक गतिविधि तथा आगामी भूमिकाबारे कांग्रेसभित्र चासो बढेको छ।

Leave a review