विश्व मानवीय दिवसमा बाल एकता बोर्डिङका विद्यार्थीले गरे अमृता अनाथ आश्रममा खाद्यान्न वितरण

संदिप प्रसाद यादव
173 पाठक संख्या

कलैया । विश्व मानवीय दिवसको अवसरमा बाराको कलैया -६ स्थित बाल एकता बोर्डिङका विद्यार्थीहरुले अमृता अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण गरिएको छ।

विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूले आश्रममा पुगेर चामल, बिस्कुट, आलु, प्याज, चिनी लगायतका खाद्यान्न सामग्री आश्रमकी अध्यक्ष फुलबती बस्नेतलाई हस्तान्तरण गरेका हुन्।

विद्यार्थीहरूमा मानवता, सहयोग, सहानुभूति तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक सुमोद सरार्फले बताएका छन् ।

कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो समय, श्रम र सहयोगबाट समाजमा सकारात्मक योगदान गर्ने अवसर प्राप्त गरेको विद्यालयका प्रबन्ध निर्देशक सुमोद सरार्फले बताए।
उनले यस्ता गतिविधिले विद्यार्थीलाई औपचारिक शिक्षासँगै सेवा, संस्कार र सामाजिक जिम्मेवारीको महत्व बुझ्न प्रेरित गर्ने बताए।

‘मानवताका लागि एकता, एकताका लागि सेवा’ भन्ने भावनासहित आयोजित कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Leave a review