भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन आग्रह

रासस
64 पाठक संख्या

काठमाडौँ । भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ ।

Leave a review