जीतपुरसिमरा-१६ का खेलाडी र क्लबलाई खेलकुद सामग्री हस्तान्तरण

रञ्जन यादव
43 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ ले स्थानीय खेलाडी तथा क्लबलाई खेलकुद सामग्री उपलब्ध गराएको छ। वडाध्यक्ष हरिदेव खरेलले महेन्द्रनगर युवा क्लबसहित विभिन्न क्लब र खेलाडीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

युवाको खेल प्रतिभा विकास र उनीहरूलाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यले सहयोग गरिएको खरेलले बताए। खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै वडा र देशको पहिचान बढाउन योगदान गर्ने उनको भनाइ छ।

वडाकी कबड्डी खेलाडी गङ्गा घिमिरेले एसियन गेम्समा नेपालका लागि कास्य पदक जितेको स्मरण गर्दै खरेलले उनको सफलताले वडाको गौरव बढाएको बताए। आगामी दिनमा फुटबललगायत अन्य खेलको विकासमा समेत वडाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

Leave a review