पर्सामा १० लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

साझेदारी डेलि
50 पाठक संख्या

कलैया । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारीका सामान बरामद गरेको छ। वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थितबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतबाट भन्सार छली चोरी पैठारीगरी भित्राइएका एप्पल कम्पनीका आई फोन–१७ मोबाईल थान–३ र एप्पल कम्पनीका आई फोन–१५ थान–१ गरी जम्मा ४ थान बरामद गरेको छ। सो सामानको मूल्य पाँच लाख ५२ हजार दुई सय १० रुपैयाँ रहेको छ।

त्यसैगरी विरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थितमा भन्सार छली ल्याउदै गरेको चार लाख चौवन हजार पाँच सय पचास बराबरका कस्मेटिक सामान तथा स्याउ बरामद भएको छ।

सबै सामान गरी दश लाख छ हजार सात सय साठ्ठी बराबरका मोबाईल,कस्मेटिक सामानहरू र स्याउ लगायतका मालबस्तुहरू आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

Leave a review