पर्सामा १२ बोरको भरुवा एकनाले बन्दुक बरामद

साझेदारी डेलि
59 पाठक संख्या

बारा । पर्साको वीरगन्ज महानगरपालिका–२२ बहुअरीबाट भवानीपुरतर्फ जाने सार्वजनिक सडकखण्डको पूर्वपट्टि धान खेतबाट प्रहरीले १२ बोरको एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी विशेष टोलीले सोमबार प्लास्टिकको बोरामा बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको हो।

प्रहरीले बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

Leave a review