बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

साझेदारी डेलि
114 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: video;hw-remosaic: false;touch: (0.46388888, 0.4765625);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

बारा बिश्रामपुर गाउँपालिका वडा नं.०४ बलिरामपुर चेक पोष्ट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको ना. १२ प३७१६ नम्बरको मोटरसाईकल रोकी चेक जाँच गर्दा उक्त मोटरसाईकलको अगाडीको भाइजरमा राखेको प्लाष्टिक सहित ५.७८ ग्राम र प्लाष्टिक बाहेक ४.५१ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको छ।

मोटरसाईकल चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.५ बस्ने २२ वर्षीय बिसाल सहनी र सोही मोटरसाईकलमा पछाडी सवार २६ वर्षीय रोशन कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई बारा जिल्ला अदालत कलैयाबाट सात दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय प्रसौनीबाट अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी घलेले जानकारी दिएका हुन्।

Leave a review