स्थानीय तहले किसानलाई गहुँको बिउ वितरण गर्दै

राम मण्डल
335 पाठक संख्या

पर्साका स्थानीय तहहरुले किसानहरुलाई गहुँको बिउ बितरण गर्न शुरु गरेका छन ।

जिल्लाका केही पालिकाहरुले ढिलै भए पनि गहुँको बिउँ किसानलाई बितरण गरिरहेका छन । केही पालिकाहरुले भने यसअघि नै बितरण गरिसकेको बताएका छन् ।

जिल्लामा १४ वटा स्थानीय तह रहेको छ । धान काटेर भित्रयाईसकेपछि किसानहरु अहिले गहुँको बिउँ छर्नमा ब्यस्त रहेका छन् ।किसानहरुले सरकारले किसानहरुको लागि केही नगरेको किसानहरु बताउँछन् ।

स्थानीय पालिकाहरुले भने किसानहरुलाई ढिलै भएपनि सहुलियतमा गहुँको बिउ बितरण गर्न थालेपछि किसानहरुले केही राहत अनुभव गरेका छन् ।पालिकाहरुले सबै किसानहरुलाई गहुँको बिउ सहुलियत दरमा उपल्बध गराउन सकेको छैन ।

केही किसानहरुको राहतको लागि भने आ आफनो कृषि शाखामार्फत गहुँको बिउ बितरण गरिरहेका छन ।सोहीक्रममा पर्साको बहुदरमाई नगरपालिकाले बिहीबारदेखि नगरपालिकामा रहेका किसानहरुको लागि ५० प्रतिशत सहुलियतमा गहुँको बिउ बितरण गर्न शुरु गरेको कृषि शाखाका प्रमुख अनिश साहले साझेदारी दैनिकलाई जानकारी दिए ।

सहुलियत दरमा थोरै मात्रामा भएपनि किसानहरुले गहुँको बिउँ भने पाएका छन ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आफना पालिकाको पाँच वटै वडामा रहेका किसानहरुलाई गहुँको बिउ बितरण गरिसकेको गाउँपालिकाकी उपप्रमुख ममता महतो थारुले जानकारी दिईन् ।

स्थानीय तहहरुले बिउ बितरण गर्दा काखापाखा हुने गरेको किसानहरु गुनासो गर्छन ।पालिकाले पनि आफना आसेपासेहरुलाई बढी र सोझासाझा किसानहरुलाई सहुलियतको गहुँ बितरणबाट बञ्चित गरेको किसानहरुको भनाई छ ।

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाले शुक्रबार बितरण गरिरहेको गहुँको बिउँमा काखापाखा गरिएको भन्दै वडाध्यक्षले नै बिरोध जनाएका छन् ।

वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिँहले आफनो वडाका किसानलाई सहुलियतको गहुँको बिउ बितरण गर्दा कम उपलव्ध गराएको आरोप लगाए ।कृषि प्रधान देश भनेर चिनिएको नेपालमा सबै भन्दा बढी किसानहरुलाई नै सरकारले हेपेर राख्दै आएको छ ।
 

Leave a review