रबिन्द्र प्रसाद साह
कलैया, असोज २३
बिजया दशमी (दशैं)को शुभ अवसरमा बारा जिल्ला बास्केटबल संघको आयोजना तथा कलैया उपमहानगरपालिका , होटेल करन राज प्यालेस , प्रभु लाईफ ईन्स्योरेन्स ,निलाम्बरी स्टाईलिस कलेक्सन , हिरो मोटर्स , डिके ईन्टरप्राईजेज , बैष्णो ज्वेलर्स र सिद्धार्थ स्विटसको संयुक्त सहयोगमा कलैया उपमहानगरपालिका वडा नं. २ मा रहेको श्री सिध्देवर महादेव मन्दिर प्राङ्गणमा स्थित बास्केटबल ग्राउण्डमा आज नगर स्तरीय बास्केटबल प्रतियोगिताको उद्घाटन तथा आज पहिलो दिनको खेल समेत गरिएको छ।
आज देखि सुरु भएको नगर स्तरीय बास्केटबल प्रतियोगिताको पहिलो खेल प्रभु लाईफ टिम र अबिसु ब्लक उधोग टिमबीच सम्पन्न भयो छ। जस्मा अबिसु ब्लक उधोग टिम बिजयी भएको छ । सो खेलमा सबैभन्दा बढी बास्केट गर्न सफल भएका अबिसु ब्लक उधोग टिमका इसान ढुंगेललाई म्यान अभ दि म्याचको पुरस्कार प्रदान गरिएको थियो ।
आजको दोस्रो खेल होटेल करन राज प्यालेस टिम र निलाम्बरी स्टायलिस कलेक्स टिम बिच दिउँसो ४ बजे देखि भएको थियो जसमा होटेल करन राज प्यालेस टिम -१४ प्वाइन्ट र निलाम्बरी स्टाईलिस कलेक्सन टिम -२० प्वाइन्ट हाँसिल गरेको थियो। म्यान अभिषेक दि म्याच अभिषेक तिवारी भएका थिए।
सो उद्घाटन कार्यक्रम बास्केटबल संघ बाराका अध्यक्ष हरिओम कुमार साहको सभापतित्वमा तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेस राय यादवको प्रमुख आतिथ्यता र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको बिशिस्ट आतिथ्यतामा सम्पन्न गरिएको थियो।
सो उद्घाटन कार्यक्रममा अतिथीहरुमा समाजसेबी तथा खेलप्रेमि दिब्यनाथ श्रेष्ठ ,प्रभु लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख सुदिष्ठ गुप्ता , होटल करण राज प्यालेसका संचालक धनिलाल सरार्फ , हिरो सोरुम संचालक मंतोश चौधरी , एभिन्युज टिभीका बारा संवाददाता अजय साह , लुमन्ति आवाशको लागि सहयोग समूहका अब्दुल कैस ,निलाम्बरी स्टायलिस कलेक्सन संचालक सोएब अंसारी , साझेदारी दैनिकका संवाददाता तथा नेपाल प्रेस युनियन बाराका जिल्ला सदस्य रबिन्द्र प्रसाद साह, लगायतको सहभागिता रहेको थियो।
प्रतियोगितामा स्थानिय ४ ओटा टिमको सहभागिता रहेको छ। आजको खेलको रेफ्री रामबिनय जैसवार, सुरज तिवारी र अभिषेक तिवारी रहेका थिए। सो खेलकुद आज २३ गते शनिबार देखि २६ गते मंगलबार सम्म चलने छ। सो कार्यक्रममा बास्केटबल संघ बाराका सचीव सुर्य राज पासवानको संचालन रहेको थियो।

