रञ्जन यादब/
बारा स्थित एड्भान्स सिमेन्टको उक्साहटमा केही मिडियाहरु फैलाई रहेको भ्रामक समाचारप्रती वडाका अगुवाहरुले एकमुष्ट तरिकाले बिरोध जनाएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा रहेको सो उद्योगले दुई ,चार जना चाप्लुसकार मिडियाहरुलाई काँधमा उँचाली भ्रामक समाचार फैलाउने काममा लागेको आरोप वडा कार्यालयले लगाएको हो ।
वडा अध्यक्ष मोहित चौधरीले पत्रकार सम्मेलनमा आज एक प्रेस बिज्ञेपित जारी गर्दै वडा अध्यक्ष लगायत वडाबासीहरुको बारेमा लेखिएको गलत ,कपोलकल्पित र अनर्गल समाचारप्रती आफुहरुको गम्भिर ध्यानआकर्षन भएको बताएका छन् ।यस्तो भ्रामक समाचार फैलाएर संचार जगतको बदनाम गरिरहेको पत्रकार र मिडियाको बिरोधमा प्रेस काउन्सिलमा उजुरी गर्ने अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
जेठ १८ गते राती वडा अध्यक्ष चौधरी लगायतको स्थानीयले उद्योगतर्फ आईरहेको ट्रक रोकेर उद्योगको प्रतिनिधिबाट २ लाख ५० हजार लुटेको समाचार प्रकाशनमा आएको थियो । एड्भान्स सिमेन्टका म्यानेजर हरि कर्णले समाचारमा आएको कुरा सहि भएको बताए ।
वडा अध्यक्ष लगायतको टोली आएर बारम्बार आफुहरुसँग सहयोगको नाममा पैसा माग्ने गरेको आरोप लगाए । “ उद्योगको आम्दानी नै छैन ,कसरी उनीहरुलाई सहयोग गर्ने कर्णले भने ।तर उद्योग पक्षले यस्तो आरोप लगाएपछि ईलाका प्रहरी कार्यालय सिमराका तत्कालिन प्रमुख डि.एस.पि. गोबिन्द पुरी नेतृत्वको टोलीले स्थलगत अनुसन्धान गरी आरोप झुठो भएको भन्दै उद्योगको मुदा दर्ता गरिदिएको छैन ।
वडा अध्यक्ष चौधरीले राती १२ बजे कोरोनाबाट बच्न गठित वडा सुधार तथा सुरक्षा समितीले भारतीय ट्रक रोकेको बताए । समितीले वडामा प्रबेश गर्ने मानिस वा गाडिलाई कोरोनाबाट बच्न निगरानी गरिरहेका कारण सोही अनुरुप गाडि रोकिएको जानकारी दिनुभयो ।
पहिला ११ हजार के.भि.को बिद्युत लाईन उद्योगले बस्तीमाथिबाट लग्दा प्लास्टिक केबल जडान गरेर मात्र लान आफु बाध्य पारेका बताए ।सोही कुराको रिसबी कारण उद्योग पक्षले पैसा लुटेको कपोकल्पित आरोप लगाईरहेको बताए ।
आफुमाथि लगाईएको आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि आफु तयार रहेको पत्रकार सम्मेलनमा चौधरीले दुखेसो ब्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा पुर्ब वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी ,वडा सदस्य लक्ष्मी चौधरी ,हरी सहनी ,समाजसेवी राधाकृष्ण चौधरी ,प्रमोद चौधरी लगायतको सहभागिता रहेको थियो ।