Sajhedari Daily
Latest News from Nepal

कलैया अस्पतालको ईमरजेन्सी लगायत सम्पुर्ण सेवा आज देखि सञ्चालनमा

बाराको कलैया स्थित जिल्ला अस्पतालले ईमरजेन्सी लगायत सम्पुर्ण सेवा आज देखि सञ्चालनमा ल्याएको छ । मेडिकल सुपरिडेन्ट विरेन्द्र मण्डलले बुधवार देखि अस्पतालले सञ्चालन गर्दै आएको सम्पुर्ण सेवा सुरु गरेको जानकारी गराएका छन ।

कोभिड १९ को कारण अस्पतालले आफनो सेवा सुविधा बन्द गरेको थियो । अस्पताल पुन आफनो पुरानो शैलीमा फकेर्को जानकारी िदएका छन । जिल्ला अस्पतालमा ग्रामिण भेगका न्युनस्तरका विरामीहरु उपचार गराउन आउने गरेका छन ।

जिल्लामा एक मात्र सरकारी अस्पताल भएको कारण विपन्न समुदायको लागि अस्पतालले आफनो पहिचान बनाउन सफल भएको छ । कलैया अस्पतालको निगरानीमा तालिम केन्द्रमा कोरोना भाईरसको विरामीको लागि विशेष अस्पताल सञ्चालन गरेको छ ।

जिल्ला अस्पताल कलैया कोभिड अस्पताल हुनु अघि झै जनतालाई सेवा सुविधा दिन सवै तयारी भईसकेको डा रवि गुप्ताले जानकारी गराएका छन । केहि दिन अघि अस्पतालले ०७७ जेष्ठ ४ गतेदेखि सर्पदंश, ज्वरो क्लिनिक बाहेकको सेवा बन्द गरेको थियो ।

जेष्ठ १६ गते देखि तालिम केन्द्रमा कोभिड सक्रमितलाई डिस्चार्ज गरे पछि बहिरंग सेवाहरु क्रमश सुरु गर्न प्रदेश सरकारले पत्रचार गरेपछि सोही अनुसार क्रियाकलाप अघि बढाएको अस्पतालले जनाएको छ ।

Comments are closed.