निर्वाचन क्षेत्र नं. ४ ख मा आफ्नै बलबुतामा जित्न सक्षम रहेको : सिंह

साझेदारी दैनिक
918 पाठक संख्या

अनिलकुमार साह
कलैया, २९ चैत
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. ४ ख बाराले आज माथिल्लो निकायमा प्रस्तुत गरेको प्रतिवेदनमा आफूलाई आफ्नै बलबुतामा जित्न सक्षम रहेकोले कुनै पनि किसिमको गठबन्धनको आवश्यकता नरहेको बताएको छ।
मधेश प्रदेश जिल्ला कार्य समिति बाराको पत्र अनुसार सो क्षेत्रमा पर्ने प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, परवानीपुर गाउँपालिका र विश्रामपुर गाउँपालिकाको सुझाव र प्रतिवेदन अनुसार ४ ओटै पालिकाहरुमा नेपाली काँग्रेस बलियो रहेको छ। तथा आफ्नै बलबुता तथा छमतामा निर्वाचित हुन सछम रहेको छ।

अन्य कुनै राजनीतिक दलसँग गठबन्धन गर्नु पर्ने अवस्था नरहेको। पछि कुनै किसिमको आवस्यकता परे राय सल्लाह गरी अगाडी बढ्ने प्रतिवेदनका व्यवहोरा अनुरोध गरिएको जानकारी नेपाली कांग्रेस बारा क्षेत्र नं.४ ख का सभापति लोकेश सिंहले गराएका हुन।

Leave a review