रञ्जन यादब/
बाराको प्रसौनी गाउँपालिकामा निर्माण हुने पोली टेक्निकल ईन्स्टिीच्युटको निर्माण कार्यको प्रकृया शुरु भएको ।
संघको सिटीभिटी र प्रसौनी गाउँपालिकाको संयुक्त सहकार्यमा वडा नम्बर २ मा करिब ५० करोडको लागतमा उक्त पोलि टेक्निकल ईन्स्टिीच्युट निर्माण हुन लागेको हो ।
गाउँपालिकाले आफनो २५ लाख बजेटबाट धार्मिक बिधिबाट पुजापाठ गरी पर्खाल लगाउने कामको शुक्रवारदेखि सुरु गरेको छ । गाउँपालिकाले ईन्स्टिीच्युट निर्माणकोलागि ५ बिघा ५ कठ्ठा जग्गा छुट्याएको छ ।
ईन्स्टिीच्युटकको भौतिक निर्माणसँगै यसै बर्षदेखि कक्षा सञ्चालनमा आएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले जानकारी दिएका छन् । ईन्स्टिीच्युटका लागि प्रसौनि गाउँपालिका स्थित बेगा साह माध्यमिक बिद्यालयका १० वटा कोठाहरु भाडामा लिईएको गाउँपालिकाको अध्यक्ष गुप्ताले बताए ।
यती ठुलो बजेटको योजना रहेकाले कक्षा सञ्चालनसँगै भौतिक निर्माणको कामलाई पनि हामीले अगाडि बढाएका छौँ, अध्यक्ष गुप्ताले भने । केही महिना अगाडि गाउँपालिकाले टेक्निकल ईन्स्टिीच्युटकोलागि संघ सरकारसँग पहल गरेको थियो । जुन स्वीकृत भएर कार्य प्रक्रिया अघि बढेको छ ।