बारा निवार्चन क्षेत्र नं ३ (क) की प्रदेश सभा सदस्य ज्वाला कुमारी साहको सहयोगमा बाराका बिभिन्न सरकारी कार्यालयहरुमा स्वास्थ्य सामग्री हस्तान्तर गरिएको छ ।
प्रदेश सरकारको पूर्वाधार बिकास कार्यालय वीरगंज, पर्साको समन्वयमा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथामको लागि अटोमेटिक हैण्ड वास तथा स्वास्थ्य सामग्रीहरुहरु स्तान्तरण गरिएको हो ।
उक्त सामग्रीहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय कार्यालय लगाएता स्थालहरुमा अटोमेटिक हैण्ड आवस १ सेट, हैण्ड आवस सोप २० थान, सेनिटाइजर ५ थान, एन९५ माक्स ५ थान, मेडिकेटेड मास ५ प्याकेट, ग्लबस ५ प्याकेट लगायतका सामग्रीहरु सांसद साहले शुक्रवार वितरण गरेकी हुन ।
उतm सामग्रीहरु प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडित, जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंह, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण पंगेनी लगाएतकालाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा नेकपाका नेताहरु बिनोद साह, धुरी साह, उमेश साह, पुरुषोत्तम साह, प्रभु यादव, अशोक तिवारी लगायतको सहभागिता रहेको थियो ।