सिकेन्द्र पासवान/
बाराको देवताल गाँउपालिकामा ८ औं गाउँ सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० का लागि ३५ करोड १४ लाख २५ हजारको निती तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष उदय कुमार यादवले प्रस्तुत गरेका थिए ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा,स्वास्थ्य,कृषि,सिचाई,सुलभखानेपानी,बिजुली जडान, भौतिक पुर्वाधर निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष यादवले भने । असहायसंग गापा अध्यक्ष कार्यक्रम अन्तरगत गरिब, बिपन्न, असहाय,दलित,बिधवाको छोरीहरुको बिहेका लागि रु २५ देखि ५० हजार सम्मको सहयोग गर्ने, अध्यक्षसंग रोजगार कार्यक्रम अन्तरगत पालिका भित्रका २ सय जनालाई रोजगार दिने, छात्राहरुका लागि सेनेटरी प्याडको निशुल्क बितरण, ठुला रोग लागेका ब्यतिmहरुलाई उपचारमा सहयोगमा लागि २५ देखि ५० हजार सम्म सहयोग गर्ने जस्ता महत्वपुर्ण कामहरु ीनति तथा कार्यक्रममा समेटिएको गाँउपालिकाका अध्यक्ष यादवले भने ।
त्यति मात्र नभई छुवाछुतलाई निरुत्सायी गर्नका लागि टोल टोलमा अभियान संचालन गरि पालिकालाई छुवाछुत मुतm पालिका घोषना गर्ने तिर अग्रवसर हुनुको साथ साथै एसीमा ए ग्रेड,प्लस ए ल्याएका बिधार्थीहरुलाई ल्यापट दिने, ल्याव संचालन गरि निशुल्क परिक्षण गर्ने, स्यवमसेविकाहरुलाई थप मासिक रु २ हजार प्रदान गर्ने तथा ६० बर्षे पुगेका स्वयमसेविकाहरुलाई एक मुष्ट रु ५० हजार प्रदान गरि बिदाई गर्ने योजना पनि निति तथा कार्यक्रममा समेटिएको गाँउपालिकाका उपाअध्यक्ष सितापति यादवले बताई ।
समाजमा पिछिएका डोम समुदायका ब्यतिmहरुलाई निशुल्क स्वास्थ्य बिमा गर्ने कृषकहरुको हकमा कृर्षि मिटर निशुल्क प्रदान गर्ने,गापा क्षेत्र भरीका बजारहरुमा सिसि क्यामरा जडान गर्ने जस्ता महत्वपुर्ण कामहरु प्नि निति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष यादवले जानकारी दिए । राजिव यादवको संचालनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बकिल प्रसाद पालले स्वागत गरेका थिए । सो अवश्रमा अध्यक्ष यादवले आफु चढदै आएको गाडी उपाअध्यक्ष सितापति देवी यादवलाई दिने उदघोष गरेका थिए ।


