मधानी महोत्सवमा पवन सिंह र काजल राघवानीको बेजोड प्रस्तुती

साझेदारी दैनिक
734 पाठक संख्या

सुभाष कुमार मिश्र/
महाशिवरात्रीको अवसरमा रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा आयोजित मधानी महोत्सवमा भारतीय भोजपुरी सिनेमा क्षेत्रका अभिनेता पवन सिंह र अभिनेत्री काजल राघवानी आफना दमदार साँस्कृतिक प्रस्तुती दिएका छन् ।

पतौराको महादेव मन्दिर परिसरमा आयोजित महोत्सवको शनिवार दोश्रो दिन भारतीय भोजपुरी अभिनेता तथा गायक सिंह र अभिनेत्री राघवानी सांगीतिक प्रस्तुती राखेका हुन् ।

रौतहटमा पहिलो पटक आएका भोजपुरी सुपरस्टार पवन सिंह र नायीका काजल राघवानीलाई हेर्न रौतहट सहित बारा, पर्सा, सर्लाही लगाएत देशका अन्य जिल्लाका साथै भारतको विहारबाट समेत लाखौं दर्शक मौलापुर पतौरा पुगेका थिए ।

महोत्सवमा भारतीय भोजपुरी कलाकारका साथै नेपालका पनि थुप्रै प्रसिद्ध कलाकारहरुले आ–आफना साँस्कृतिक प्रस्तुती दिएका थिए ।

करिव ३ घण्टा लगातार दिएको दमदार प्रस्तुतीले भारतीय कलाकार पवन सिंह र काजल राघवानीले उपस्थित लाखौं दर्शकको मन जित्न सफल भएका थिए । प्रहरी प्रशासनले दिएको कडा सुरक्षाले कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

महोत्सवलाई लक्षित गर्दै रौतहट तथा मौलापुर नगरपालिका भरी र कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक वर्ष पतौरामा मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

Leave a review