मुलुक बन्दावन्दी अर्थात लकडाउनमा छ । सरकारले घोषणा गरेको बन्दावन्दी आज ५० औ दिन पुगिसकेको छ । आम जनता घरभित्रै बस्न बाध्य छन यो बेला एउटा डरलाग्दो तथ्याङ्क बाहिर आएको छ बन्दावन्दीको वीचमा बारा , पर्सा , रौतहट जिल्लामा मात्रै ३६ जनाले आत्महत्या गरेको तीनवटै जिल्ला प्रहरी कार्यालयको रेर्कडले बताउछ ।
बारा जिल्लामा यो लकडाउनको अवधिमा मात्रै १६ जनाले आत्महत्या गरेका छन भने पर्सा जिल्लामा झुण्डिएर आत्महत्या गर्ने ८ जना र विस सेवन गरी आत्महत्या गर्नेमा ४ जना देखिएको छ । यसैगरी रौतहट जिल्लामा पनि झुण्डिएर मर्नेको संख्या ८ जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरको तथ्याङ्कले बताउछ ।
मुलुक भर बन्दावन्दी छ सबै नागरिक घर भित्रै छन बाहिर तनाव र झन्झट हाल बेहोर्नेु नपरेपनि आत्महत्या गरी मर्नेको संख्या यति धेरै हुनु यो राम्रो पक्ष होईन । मनोविद र मनोचिकित्सकका अनुसार परिवारमा खानपान र वालवाच्चा लाई खवाउन नसक्दा विरक्तीएर आत्महत्या गर्ने गरेको भनाई रहेको छ ।
यो विचमा आत्महत्या गर्ने कारण अरु पनि धेरै रहेको छ , जस्तो रोजगारी गुमेको छ , पारिवारिक कलह बढ्दो छ , भने विगतमा लिईएको ऋणको भार सम्झेर पनि ब्यक्तिले आत्महत्या गर्ने गरेको पाईएको छ । लकडाउनका कारण सम्पूर्ण रोजगारको क्षेत्र पूर्ण रुपमा वन्द छ त्यसकारण पनि मानिसमा डिप्रेसन बढ्ने हुदा अन्य बिकल्प सोच्न नसकी आत्महत्या कै बाटो रोज्ने एक तथ्याङ्कले बताउछ ।
अभाव र गरिबीका कारण पारिवारिक झमेला खेप्दै गरेका परिवारको मुली यो बन्दावन्दीका कारण झन दवावमा परेको कारण पनि आत्महत्या गर्ने सजिलो वाटो रोज्ने गरेको देखिन्छ । योस्तो वेला राज्य स्तरवाट मनोचिकित्सक र मनोविदले हरनागरिकलाई विधुतिय संचार माध्यम, समाजिक संजाल, रेडियो, पत्रपत्रिका मार्फत उपचार गनुपर्ने थियो तर यसो हसन सकिरहेको छैन ।
विकसित मुलुकमा यसको ब्यवस्था राम्रै सँग गरेको पाईन्छ । नेपालमा भने समान्य रुपमा पनि कदम चालिएको नदेखिदा आत्महत्या गर्नको संख्या अगामी दिनमा झन डरलाग्दो र भयाभव हुन सक्छ बेलैमा सम्बन्धित पक्षले आत्महत्या रोक्न कदम चालोस् ।