रञ्जन यादव/
बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडलाई हराउँदे डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी सेमिफाईनलमा प्रबेश गरेको छ ।
डिफेण्डिङ च्याम्पियनन्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको हो । बीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गर्नुभएको थियो ।
खेलको २९ औं मिनटमा कृतिश रत्नचुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए । घरेलु दर्शकको समर्थन पाएको बीरगञ्जयूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे ।
विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो । पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनिबीरगञ्जले स्कोर बनाउन सकेन ।
एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायकगोल गर्नुभएका अशोक थापा खेलको म्यान अफ दिम्याच घोषित हुनुभयो । उहाँले दश हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत सोमबार सातदोबाटो युथक्लब र हिमालयन शेर्पाविच तेश्रो क्वाटर फाइनल खेल हुनेछ ।

