एपिएफलाई हराउँदै चर्च ब्वाईज सेमीफाइनलमा

साझेदारी दैनिक
516 पाठक संख्या

रञ्जन यादव/
सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय ग¥यो । रोमाञ्चक जितसंगै उसले न्युरोड टिम एनआरटीसंगको सेमिफाइनलभेट पक्काग¥यो ।

फाइनल प्रवेशकालागि चर्च ब्वाईजले विहिबार एनआरटीको सामना गर्नेछ । एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रतादिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो ।

श्याम नेपालीले डिबक्स भित्रउपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयास सम्म गर्न पाएनन् । चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गर्नुभयो ।खेलको एभरेष्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित हुनुभयो ।

उहाँले म्यान अफ दिम्याचको ट्रफि र दशहजार नगदप्रदान गर्नुभयो ।प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्ने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds