जेष्ठ ४ देखि ६ गते बारामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

साझेदारी दैनिक
साझेदारी दैनिक 383 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
धिरेन्द्र पनुहर/
बारामा प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८० को आयोजना हुने भएको छ । शनिबार बाराको निजगढमा रहेको होटेल राजमार्गको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता वारे जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा बिस्तृत जानकारीको मदेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामाले गराएका थिए । प्रतियोगिता जेष्ठ ४,५,६ गते निजगढ बैंकेट निजगढ बारामा हुने छ।
सो प्रतियोगितामा भारत,बङ्गलादेश,भुटान ,कोरिया ,जापान र नेपालका ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने छन। १८० जना ग्युरोगी र ६० जना पुम्से खेलाडीहरुले भाग लिनेछन। जसमा अन्तर्राष्ट्रिय रेफ्री १५ जना रहने छन। प्रतियोगिताको अनुमानित बजेट ५९ लाख रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो।
कार्यक्रमको मुख्य सहयोगीको रुपमा निजगढ नगरपालिका र महागढिमाइ नगरपालिका रहेका छन। बिजेता खेलाडीलाइ शिल्ड मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ। महिला र पुरुष खेलाडीबाट एक÷ एक जना बेस्ट फाइटर घोषणा गरिने छ।
बिश्व तेक्वान्दो संघको नियम अनुसार विधुतिय प्रबिधिबाट खेल संचालन हुने छ। प्रतियोगितालाइ सभ्य र भव्य बनाउनको लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ।
आर्थिक उपसमिति संयोजक पेमासिद्धि लामा,प्रतियोगिता उपसमिति संयोज हेमलाल श्रेष्ठ ,रेफ्री उपसमिति संयोजक जितसिह लामा,स्टेज स्वमसेवक उपसमिति संयोजक चित्रबहादुर लामा,प्राथमिक तथा मेडिकल उपसमिति संयोजक सियाराम चौधरी ,प्रचार प्रसार उपसमिति संयोजक गुरु प्रसाद गौतम,खाना तथा बसोबास ब्यस्थापन उपसमिति संयोजक मोहन सापकोटा ,अतिथि सत्कार उपसमिति संयोजक नारायण प्रसाद शर्मा लगाएतका रहेका छन।
समाचार शेयर गर्नुहोस
Leave a review