कोहल्वी नगरपालिकामा २४ घण्टा आकस्मिक र प्रसूति सेवा सुरु

साझेदारी दैनिक
साझेदारी दैनिक 186 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

धिरेन्द्र पनुहर/
कोहल्वी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आज बुधबारदेखि २४ घण्टा आकस्मिक र प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाले बुधबार कार्यक्रमको आयोजना गरेर २४ घण्टा प्रसूति तथा आकस्मिक सेवा सुरु गरेको जनाएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडी, एक्स–रे, ल्याब, गर्भवती महिलाहरूका लागि भिडियो एक्सरेसहित सम्पूर्ण सेवा, सर्वदंश र रेबिजको उपचार हुने डाक्टर मुकुन्द यादवले बताए । नगरवासीलाई २४ घण्टा स्वास्थ्य सेवा दिन कोहल्वी नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई आलोपालो खटाउने भएको छ ।

कोहल्वी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ सैं घण्टा सेवा प्रदान गर्न प्रदेश सरकारबाट ल्याब अनुदानमा प्राप्त भएको र नगरपालिकाले एक्स–रे मेसिनको व्यवस्था गरेको बताए । ‘म गत वर्ष निर्वाचित भएलगत्तै यहाँका बिरामी कलैया, वीरगन्ज, हेटौंडा जान नपरोस् भनेर घोषणा गरेको थिए । स्वास्थ्य केन्द्र ५ शैयाको रहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review