पछिल्लो सयम बर्षा भएसंगै बारामा सर्पदंशको बिरामीको सङ्ख्यामा बृद्धि भएको छ ।
जिल्लाका विभिन्न स्थानहरुमा सर्पदंशका विरामीहरु बढ्ेसंगै मधेश प्रदेशको प्रादेशिक अस्पताल कलैयामा सर्पदंशको बिरामीको सङ्ख्यामा बृद्धि भएको छ । वर्षायाममा विषालु सर्पको बिगबिगी र स्थानीय स्तरमा सर्पदंश उपचार सेवा नहुँदा प्रादेशिक अस्पतालमा बिरामीको संख्या बढेको हो ।
प्रादेशिक अस्पताल कलैयामा दैनिक १५÷२० जनासम्म सर्पले डसेका बिरामी पुग्ने गरेको अस्पताल स्रोतले जनाएको छ । बाराको बिभिन्न ठाउँबाट सर्पदंशका बिरामीहरु कलैया अस्पातलमा आउँने गरेका छन् ।
बारामा आर्थिक वर्ष २०७७–०७८ सर्पले डसेर ६ सय १ जना बिरामी भएका थिए । २०७८÷०७९ मा ८ सय ७२ जना बिरामी र १ जनाको मृत्यु भएको थियो ।आर्थिक वर्ष २०७९÷०८० मा सर्पको डसाइबाट ७ सय ७३ जना बिरामी भएका थिए ३ जनाको मृत्यु भएको थियो ।
अस्पतालका अनुसार चालु आर्थिक वर्षको साउन महिनासम्म १ सय ५५ जना सर्पको टोकाइबाट बिरामी भर्ना भएको छ । तराईका जिल्लामा गर्मी बढेको र बर्षातको समय भएकाले बिषालु सर्प जमिन बाहिर निस्कने भएकाले पनि अस्पतालमा सर्पदंशका विरामीहरु बढ्ेको हुन् ।









