बाराको जीतपुर निवासी एक युवा उद्योगी ब्यवसायी ठगीको आरोपमा पक्राऊ परेका छन् । करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ उद्योगका सञ्चालक पानी उद्योगी बिटु गुप्तालाई प्रहरीले पक्राऊ गरेको हो ।
प्रहरीले वीरगञ्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ उद्योगका सञ्चालक गुप्तालाई पक्राउ गरेको हो ।
बहुदरमाइ नगरपालिकाका सोनामति देबीले उनको विरोधमा जाहेरी दिएकी थिइन् ।
प्रहरीका अनुसार गुप्ता माथि ९५ लाख ठगीको मुद्दा दर्ता छ । त्यही आधारमा बिटु गुप्तालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख कोमल शाहले बताए ।
पक्राउ परेका बिटुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

